पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार पाँचौँपटक फ्रेन्च लिग वान च्याम्पियन बनेको छ । पिएसजीले दोस्रो स्थानको लेन्सलाई २–० ले हराउँदै एक खेल बाँकी रहँदै उपाधि रक्षा गरेको हो ।
पिएसजीलाई उपाधि पक्का गर्न बराबरी काफी थियो । पिएसजीको जितमा उस्मान डेम्बेले र इब्राहिमले समान एक गोल गरेका थिए । पिएसजीको सर्वाधिक ७६ र लेन्सले ६७ अंक बटुलेको छ । पिएसजीले शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको हो ।