भूराजनैतिक अस्थिरता आउन नदिन संघीय सरकार सचेत हुनुपर्ने कोशीका मुख्यमन्त्रीको जोड

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देशमा भुराजनैतिक अस्थिरता आउन नदिन संघीय सरकार सजग हुनुपर्नेमा जोड दिएका छन । 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अमेरिका, इरान , युक्रेन रुस आदि द्धन्द्धले गर्दा  विश्वमा भुराजनीति समस्या बढदै गइरहेको र नेपाल पनि जोखिममा पर्न  थालेकोले संघिय सरकारले सजगता अपनाउनुपर्नेमा जोड दिएका हुन । 

उनले देश भुराजनैतिक द्धन्द्धमा फसेमा फेरि निस्कन गाह्रो हुने र त्यसले देशको अर्थतन्त्र धरासायी बनाउने भएकोले यसबारे सबैले चासो दिनुपर्ने पनि मुख्यमन्त्री कार्कीले बताए । उनले उद्योगी व्यवसायीहरु माझ भने ,  ‘नेपालमा मध्यपुर्वमा जस्तै भुराजनैतिक समस्या आउदैन भन्नेमा हामी सबै सजय बनौ किनकी हामीलाई देशको अर्थतन्त्र बलियो बनाउनु छ ।,’

मुख्यमन्त्री कार्कीले कोशीका उद्यमीहरुलाई प्रोत्साहन दिन प्रदेशका चार हजार कर्मचारीहरुलाई आफनै देशमा उत्पादन भएका घरेलु कपडाका पोशाक लगाउनका लागि बजेटबाटै बार्षिक ५५ सय भत्ता दिएको बताए । उनका अनुसार सबै कर्मचारीले प्रदेशको साना र मझौला उद्योगमा उत्पादन भएका अल्लो र ढाकाका कपडा लगाएमा उद्यमशिलतामा प्रोत्साहन पुग्नेछ । 

यसैगरि उद्योगीहरुलाई राहत दिन ३ लाखदेखी ३ करोड सम्म ऋण दिनेगरि उदय   र ६ प्रतिशत व्याज अनुदानको कार्यक्रम पनि सञ्चालन गराएको बताए । 
उद्योग बणिज्य महासंघ कोशीले नयाँ निर्वाचित अध्यक्ष राजेन्द्र राउत सहित पदाधिकारी र सदस्यहरुको पदस्थापन गराएको हो ।  
 

सुझावित समाचार