असार १५ भित्र नवीकरण नगरे खेल संघ खारेज गर्ने राखेपको चेतावनी

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लामो समयदेखि नवीकरण नगरी सञ्चालनमा रहेका राष्ट्रिय खेल संघलाई खारेज गर्ने चेतावनी दिएको छ।

राखेपले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम संघहरूलाई असार १५ भित्र अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो।

परिषद्का अनुसार पटक–पटक सूचना जारी गर्दा पनि कतिपय खेल संघले नवीकरण नगरेपछि अन्तिमपटकका लागि समयसीमा तोकिएको हो।

तोकिएको समयभित्र नवीकरण नगर्ने संघहरूको हकमा प्रचलित कानुनअनुसार खारेजीको प्रक्रिया अघि बढाइने राखेपले स्पष्ट पारेको छ।

See More On

सुझावित समाचार