आत्मनिर्भरको नेपाली बाटो निर्माण गरौँ : सुहाङ नेम्वाङ

उत्पादन नै नभएपछि बजार र वितरणको सपना बाँडेर कँहि पुग्न सकिन्न

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले अब आत्मनिर्भरको नेपाली बाटो निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन पेस गर्दै सांसद नेम्वाङले प्रस्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढसंकल्प कतै नदेखिएको आरोप लगाए ।

नेपालीहरूमा आर्थिक परनिर्भताको  नमिठो इतिहास र बाध्ययता रहेको भन्दै उनले अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न नसक्ने दाबी गरे । उनले उत्पादन नै नभएपछि बजार र विरतणको सपना बाँडेर कहीँ पुग्न नसकिने बताए। 

अरूले देखाएको बाटो र अरूले दिएको उदारो उज्यालोमा आत्मनिर्भर हुन छोडेर आफ्नै नेपाली बाटोमा हिँड्न सरकारलाई सुझाव दिए । 

सुझावित समाचार