युरो स्कुलले ०८२ को एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको छ । टोखा– ८ बानियाँटारस्थित यो स्कुलबाट यस वर्ष १६ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये औसत ३.८९ जिपिए प्राप्त गरी शतप्रतिशत ‘ए प्लस’ नतिजा ल्याएको स्कुलले जनाएको छ ।
कुल सहभागी विद्यार्थीमध्ये एकले चार जिपिए प्राप्त गरेका छन् भने पाँच जनाले ३.९५ जिपिए नतिजा ल्याएका छन् । त्यस्तै, ३.९१ ल्याउने एक, ३.९० ल्याउने चार, ३.८६ ल्याउने एक, ३.७८ ल्याउने दुई र ३.७७ जिपिए ल्याउने दुईजना विद्यार्थी छन् ।
विद्यालयका अनुसार, विद्यालयको औसत जिपिए ३.८९ छ, जुन काठमाडौं उपत्यकाका विद्यालयमध्ये उत्कृष्ट हो । विद्यालयले विद्यार्थीलाई सम्मानसमेत गरेको छ । प्रिसिन्पल डा. दीपक गुप्ताले विद्यालयका शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीको मिहिनेतका कारण यो नतिजा सम्भव भएको बताए ।
‘विद्यालयले पाठ्यपुस्तकसँगसँगै विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास, नैतिक शिक्षा र व्यावहारिक ज्ञानलाई पनि प्राथमिकता दिँदै आएको छ । यी सबैका कारणले उत्कृष्ट नतिजा आएको हो ।’ काठमाडौं युरो स्कुलले यस सफलतालाई आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने प्रेरणाका रूपमा लिएको उल्लेख गरेको छ ।