बसको ठक्करबाट एक पुरुषको मृत्यु

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

सर्लाहीको हरिवनमा यात्रुबसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान हरिवन नगरपालिका– ११, कडरिया चोकनजिकै बसको ठक्करबाट नाम, थर, वतन नखुलेका एक पुरुषको ज्यान गएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५–४० वर्षका जस्ता देखिने पुरुष रहेका छन् । उनी केही समययता मागेर खाँदै हिँड्ने गरेका स्थानीयको भनाइ छ । 

प्रहरीले ठक्कर दिने बस र चालक त्रियुगा नगरपालिका– १०, बाँसबारी बस्ने अन्दाजी ३५ वर्षका कृष्णबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ। गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र–०१–००६ ख ९६७० नम्बरको बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

घटनास्थलको मुचुल्कापछि प्रहरीले मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । 

सुझावित समाचार