एनटिएनसी सदस्यसचिवको जिम्मेवारी पोखरेललाई

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

वन तथा वातावरणमन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) मा सदस्य सचिवको जिम्मेवारी डा. चिरञ्जीवी पोखरेललाई दिएकी छिन्। कोषका अध्यक्षसमेत रहेकी चौधरीले मंगलबार पदभार ग्रहणपश्चात् अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि पोखरेललाई सदस्यसचिवको जिम्मेवारी दिएकी हुन्।  

कोषका निर्देशक रहेका पोखरेल जीवविज्ञान, संरक्षण योजनाकार र २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव भएका बाघ विशेषज्ञ हुन्। सदस्यसचिवको जिम्मेवारी सम्हाल्दै पोखरेलले एनटिएनसीको लक्ष्य, दृष्टिकोण र मूल्य-मान्यतालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मात्र मन्त्री चौधरीलाई अध्यक्षको जिम्मेवारी दिएका थिए।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेर राजनीति नियुक्ति खारेज गरेपछि एनटिएनसीमा अध्यक्ष आदर्शकुमार श्रेष्ठ र सदस्यसचिव नरेश सुवेदीसहित बोर्डका पदाधिकारी पदमुक्त भएका थिए।

सुझावित समाचार