१६औँ राष्ट्रपति रनिङ सिल्डको उपाधि शारदा नगरपालिकालाई

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानमा सञ्चालित जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ। बनगाड कुपिन्डे नगरपालिका– १, राताचौरमा सम्पन्न १६औंँ राष्ट्रपति रनिङ सिल्डको उपाधि उचालेसँगै शारदा नगरपालिकाले लगातार दुईपटक उपाधि उचाल्न सफल भएको हो।

शारदाले १२ स्वर्ण, १० रजत र ६ कास्य गरी जम्मा २८ पदक जित्दै उपाधि हात पार्न सफल भएको छ। यस्तै ८ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १९ पदक हात पारेर छत्रेश्वरी गाउँपालिका दोस्रो भएको छ। ७ स्वर्ण, ६ रजत र १५ कांस्य गरी ३२ पदकसहित बनगाड कुपिन्डे नगरपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्कप्रसाद आचार्यले जानकारी दिए।

५ स्वर्ण, ६ रजत ११ कास्य गरी ११ पदकसहित बागचौर नगरपालिका चौथो, ६ स्वर्ण, ६ रजत र ७ कांस्य गरी १९ पदकसहित कपुरकोट गाउँपालिका पाँचौँ, ५ स्वर्ण, ८ रजत र १० कांस्य गरी २३ पदकसहित दार्मा गाउँपालिका छैटौँ भएको छ। यसैगरी ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदकसहित कालिमाटी गाउँपालिका सातौं, ४ स्वर्णसहित त्रिवेणी गाउँपालिका आठौँ, १ स्वर्ण, ९ रजत र ६ कांस्य गरी १६ पदकसहित कुमाख गाउँपालिका नवौँ र १ स्वर्ण, २ रजत र १० कांस्य गरी १३ पदकसहित सिद्ध कुमाख १०औँ स्थानमा रहेका छन्।

५४ स्वर्ण, ५४ रजत र ७७ कांस्य गरी १८५ पदकका लागि १० स्थानीय तहबाट ८ सयभन्दा बढी प्रतियोगीको सहभागिता थियो। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मानसमेत गरिएको छ।

सुझावित समाचार