लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले बुधबारदेखि ‘एलएस होराइजन १२’ को इकाइ बिक्री खुलाउँदै छ । कम्पनीले प्रतिइकाइ १० रुपैयाँका दरले एक अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड इकाइको बिक्री खुलाउन लागेको हो । यो लक्ष्मी सन्राइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित १२ वर्षे बन्दमुखी योजना हो ।
कुल निष्कासन हुने १२ करोड एकाइमध्ये एक करोड ८० लाख इकाइ कोष प्रवर्द्धक लक्ष्मी सन्राइज बैंकलाई छुट्याइएको छ । बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणमा खुला गरिन लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड २० लाख इकाइको माग गरी आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा ४ र ढिलोमा १३ जेठसम्म दिन सकिनेछ ।