यती एयरलाइन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

यती एयरलाइन्स लिमिटेडले साधारण सेयरको प्राथमिक सार्वजनिक निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो। कम्पनीले देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ।

धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

सुझावित समाचार