वर्षापछि खेल ३९ ओभरमा घटाइयो, नेपाललाई २२१ रनको लक्ष्य

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण
वर्षापछि खेल ३९ ओभरमा घटाइयो, नेपाललाई २२१ रनको लक्ष्य

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल र स्कटल्यान्डबिचको खेल वर्षाले रोकिएपछि ओभर र लक्ष्य परिमार्जन गरिएको छ। नेपालको इनिङलाई ३९ ओभरमा झारिएको छ भने २२१ रनको नयाँ लक्ष्य निर्धारण गरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित ५० ओभरमा नेपाललाई २४४ रनको लक्ष्य दिएको थियो। स्कटल्यान्डका मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले। उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे।

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। नन्दन यादव र करण केसीले समान दुई–दुई विकेट हात पारे।

सुझावित समाचार