चलचित्र ‘रोल नं. १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रको लोकलयको गीत सार्वजनिक गरेको हो।
गीतमा प्रशान्त सिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। सुष्मा सिग्देलको शब्द रचना रहेको गीतमा प्रशान्त सिवाकोटी स्वयंको संगीत छ।
प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन्। भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ। गीतको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं. १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ। यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ।