काठमाडौंको कोटेश्वर–जडीबुटी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राति बा.प्र०२–०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका– ९ घर भएका ४३ वर्षीय भुवन गुरुङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको भएको हो । मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।