सरकारले आगामी वर्ष अध्यागमन प्रणालीलाई डिजिटल प्रणालीमा परिणत गर्ने नीति लिएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकको विवरण डिजिटलाइज गर्न यस्तो गर्ने नीति लिएको हो ।
यो प्रणाली लागू भएपछि पर्यटकको विवरण एकीकृत हुनेछ । पर्यटकले भ्रमणसँग सम्बन्धित अनुमति सम्बन्धित अध्यामगन कार्यालयबाटै प्राप्त गर्न सक्नेछ ।