राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधनलाई स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिले आज ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । राष्ट्रपति पौडेलले सम्बोधनमा सरकारी नीति वाचन गर्नेछन् । राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ । आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदै छ ।