राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा प्रथम

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

समुन्द्री सतहदेखि २९ सय मिटर उचाइमा रहेको हिमा गाउँपालिका– २ ओदी गाउँको खेल मैदानमा आयोजित १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । १६औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाले २५ वटा स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो ।

जिल्लाका आठ स्थानीय तहमध्ये गुठीचौर गाउँपालिकाबाहेक सातवटा स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताअन्तर्गत विभिन्न विधामा हिमा २५ वटा स्वर्ण जितेर प्रथम हुँदा चन्दननाथ नगरपालिका १४ वटा स्वर्ण जित्दै दोस्रो भएको हो ।

पातारासी गाउँपालिका पाँच स्वर्ण जित्दै तेस्रो, कनकासुन्दरी चौथो, सिंजा पाचौँ, तिला छैटौँ र तातोपानी गाउँपालिका सातौँ स्थानमा आएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लासँगको समन्वयमा हिमा गाउँपालिकाले आयोजना गरेको दुर्गम ओदी गाउँमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन भएको थियो । 

सुझावित समाचार