भारतमा सरुको अर्को गोल

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सरु लिम्बूले निर्णायक गोल गरेपछि किकस्टार्ट एफसीले भारतीय महिला लिगमा जित निकालेको छ । प्रतियोगिताका किकस्टार्टको यो लगातार तेस्रो जित हासिल गरेको हो ।

शनिबार किकस्टार्टले गोकुलम केरला एफसीलाई १–० ले हरायो । सरुले खेलको १७औँ मिनेटमा टोलीलाई अग्रतामा ल्याइन् । सरुले चार खेलमा दुई गोल गरेकी छिन् । यसअघि उनले सेसा क्लबविरुद्ध गोल गरेकी थिइन् ।

सरुसँगै रेनुका नगरकोटे दोस्रो चरणका लागि किकस्टार्टसँग जोडिएका हुन् । दुवै खेलाडीले पछिल्लो वर्ष पनि भारतमा किकस्टार्टबाटै खेलेका थिए । जितसँगै किकस्टार्ट ११ खेलमा १६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

समान खेलमा १३ अंक जोडेको गोकुलम पाँचौँ स्थानमा छ । सरु र रेनुकाजस्तै नेपाली राष्ट्रिय टिमकी पूर्वकप्तान अन्जिला तुम्बाप्पो सुब्बाले पनि सेथु क्लबबाट आइलिग खेलिरहेकी छिन् । 

See More On

सुझावित समाचार