बर्दियामा रहेको बबई रिसोर्टले ६ जना अपांगता भएका व्यक्तिलाई रोजगारी दिएको छ। ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्वारामा रहेको बबई रिसोर्टले छ जना अपांगता भएका व्यक्तिलाई रोजगारी दिएको हो। प्रायः जसो अपांगता भएका व्यक्तिलाई केही गर्न नसक्ने व्यक्तिको रुपमा हेर्ने गरेको पाइन्छ । तर, विगत पाँच वर्षदेखि बबई रिसोर्टले सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिलाई पनि रिसोर्टले रोजगारीको अवसर दिएको छ ।
रिसोर्टले विगतदेखि सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिलाई रिसोर्टले रोजगारी दिँदै आएको छ। रिसोर्टमा सिप सिकेर अन्यत्र पनि काम गर्न गएका छन्। अहिले पनि रिसोर्टमा सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका पाँच जनाले काम गर्दै आएको बबई रिसोर्ट प्रकृति पद प्रदर्शक एवं रिसोर्टका कर्मचारी गौरव योगीले बताए ।
उनले भने, ‘रिसोर्टका काम पाँचजनालाई योग्यता र क्षमताअनुसारको काम दिइएको छ । काममा एकदम अब्बल हुनुहुन्छ। पाँचजनामा सुनाइ र बोलाइसम्बन्धी समस्या भए तापनि रिसोर्टमा आउने पाहुनाको भावना बुझेर काम गरिरहनु भएको छ।’
रिसोर्टमा काम गर्ने अपांगता भएका व्यक्ति बाँकेको कोहलपुर, नेपालगन्जका र बर्दियाका राजापुर र मधुवन नगरपालिकाका हुन् भने रिसोर्टमा काम गर्नेमध्ये अहिले पनि दुईजना उच्च शिक्षा अध्ययन गरिरहेका छन्। रिसोर्टले अपांगता भएका व्यक्तिलाई रोजगारी अवसर दिएर उनीहरू आत्मनिर्भर बनाउनसमेत मद्दत गरेको छ।