सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शनिवार बिहान करिब ७ बजेतिर सल्यान शारदा नगरपालिका-१ श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका-१ दमाचौर जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर बागचौर नगरपालिका-१० भाटभिटे स्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।
दर्घटनामा परि ट्याक्टर चालक शारदा नगरपालिका-१३ का २५ वर्षीय वसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामाग्री बोकेको ट्याक्टर सडक देखि ५० मिटर तल खसेको उनको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।