सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शुक्रबार दिउँसो दार्मा गाउँपालिका फारुलाचौरबाट भुसखोला जाँदै गरेको रा.१त ४४९५ नम्बरको ट्याक्टर दार्मा– २, भुसखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परी दार्मा– २ का १७ वर्षीय ट्याक्टचालक प्रदीप विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गम्भीर घाइते विकलाई उपचारका लाग थुम्केसल्ली स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

दुर्घटनामा दार्मा– २, भुसखोलाका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन्। टेकबहादुरको थुम्केसल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशालको थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भट्टराईको भनाइ छ। ट्याक्टर सडकबाट १५ मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार