तस्बिरमा राई समुदायको उँभौली पर्व

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

संखुवासभाको राई समुदायले खाँदबारी– १, ढोलबाजे डाँडामा भेला भई उँभौली पर्व मनाएका छन्।बिहीबार वैशाखे पञ्चमीको दिन किराँत राई यायोख्याको आयोजनामा कार्यक्रम राखिएको हो ।

ढोलबाजे डाँडामा किराँती रेवाहाङ राजाको दरबार रहेकाले सोही ठाउँमा पारुहाङ र सुम्निमाको मूर्ति स्थापना गरी संखुवासभा जिल्लाभरका किराँतीहरू भेला भई साकेला नाचेर सांस्कृतिक तथा धार्मिक उँभौली पर्व धेरै वर्ष अघिदेखि मनाउँदै आएका छन् ।

उँभौली वैशाखमा मनाइन्छ भने उँधौली मंसिरमा मनाइने गरिन्छ। खेतीबाली लगाउने र भित्र्याउने समयमा यो पर्व मनाउने गरिन्छ ।


सुझावित समाचार