सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकले ३३औँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश पाएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छिन्।
न्यायपरिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरिसकेको छ ।