पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पोखरा विमानस्थलको अनियमिततामा उनीसहित तत्कालीन सचिवलगायतविरुद्ध मुद्दा दायर भएको हो।
तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरी मुद्दा दायर भएको हो।
आयोगले तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटनसचिव महेश्वर न्यौपोने, पूर्वसचिव केवल भण्डारी, सुरेश आचार्य, नागरिक उड्डन प्राधिकरणका पूर्वमहानिर्देशक संजीव गौतम, प्रदीप अधिकारीलगायतविरुद्ध मुद्दा दायर गरेको हो। पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कम्पनीलाई नियमविपरीत कर छुट दिने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेको अभियोग अख्तियारको छ।
पोखरा विमानस्थलको भ्रष्टाचारमा अख्तियारले दायर गरेको यो तेस्रो मुद्दा हो।