श्रीमानकाे साथीबाटै सरिता तिवारीको हत्या

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

तारकेश्वर नगरपालिका– ३ की ४५ वर्षीया सरिता तिवारीको हत्यामा संलग्न अभियुक्त उनकै श्रीमानकाे साथी रहेको खुलेको छ । हराएको ११ दिनपछि सरिताको शव शिवपुरी जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न टोखा नगरपालिका– २ का अनिल डंगोल पक्राउ परिसकेका छन् । ४५ वर्षीया सरिता र डंगोलबिच चिनजान थियो । हत्यामा पनि उनी नै संलग्न रहेको प्रहरीको भनाइ छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले डंगोल र सरिताबिच पहिलेदेखि चिनजान रहेको बताए । ‘सरिताको हत्यामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । उनी र मृतकबिच चिनजान रहेको देखिन्छ । उनले नै सरितालाई शिवपुरी जंगलमा लगी हत्या गरेको खुलेको छ,’ उनले भने ।

सरिता गत ११ वैशाखदेखि बेपत्ता भएकी थिइन् । उनी बजार जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । बेलुकासम्म पनि घर नफर्केपछि उनका श्रीमान् शंकर तिवारीले खोजतलास गर्न भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

खोजीका निम्ति प्रहरीले सरिता र उनको संगतमा रहेका व्यक्तिमाथि निगरानी बढाएको थियो । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले डंगोललाई पक्राउ गरेको थियो । उनकै बयानपछि सरिताको शव टोखा– १ स्थित शिवपुरी जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।

शंकर टेलिसिरियलका कलाकार हुन् । उनी कृषि पेसामा पनि आबद्ध छन् । उनको डंगोलसँग चिनजान थियो । सोही आधारमा डंगोल सरिताको घर आउजाउ गरिरहन्थे । व्यस्तताका कारण शंकर घरबाहिर हुँदासमेत डंगोल सरितासँगै हुन्थे । 

See More On

सुझावित समाचार