सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री, दुई लाख जरिवाना

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

सिंहदरबारभित्र सञ्चालित ‘हाम्रो खाजा घर’ले उपभोग्य मिति सकिएको दही बिक्री गरेको पाइएपछि अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ।

विभागले बुधबार दिउँसो सिंहदरबारभित्र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणपरिसरमा सञ्चालित क्यान्टिनमा उजुरीका आधारमा आकस्मिक अनुगमन गर्दा म्याद सकिएको दही बिक्री गरिरहेको अवस्थामा फेला परेको थियो।

त्यसपछि उपभोक्ता संरक्षण ऐनअनुसार उक्त दही जफत गर्नुको साथै जरिवाना तिराएको विभागले जनाएको छ। त्यस्तै, दही उत्पादक श्रीकृष्ण डेरी फर्मलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र बिलबिजकसहित उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ।
 

सुझावित समाचार