नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से १.६४ अंकले घटेर दुई हजार ७११.२२ विन्दुमा कायम भएको हो। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेको छ।

आज ३३६ कम्पनीका ७१ लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। पछिल्ला दुई दिनमा क्रमशः तीन अर्ब ३९ करोड र चार अर्ब १६ करोडको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचल फन्ड, निर्जीवन बिमा र अन्य समूह उकालो लाग्दा बाँकी समूह ओरालो लागेका छन्। सबै समूह सूचकको परिवर्तन एक प्रतिशतभन्दा कम छ।

यस दिन फर्वार्ड माइक्रोफाइनान्स १३.७४ प्रतिशतले बढ्दा अपर लोहोरे खोला र एनआइसी एसिया ग्रोथ फन्ड पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्। भगवती हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले क्रमशः आठ र सात प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार