नेकपा (संयुक्त)ले सुकुमवासीको अमानवीय विस्थापन, प्रेस जगतमाथिको आर्थिक नाकाबन्दी विषयमा माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्मेलनमा उपस्थितहरूले सहर श्रमिकको पनि हो, गरिबको पनि हो, श्रमिकलाई लखेटेर कस्तो सहर बनाउँछौ, भूराजनीतिक जटिलता ख्याल गर, राष्ट्रिय हितको संरक्षण गरलगायतका नारा बोकेका प्लेकार्ड बोकेका थिए । पत्रकार सम्मेलनमा घनश्याम भुसालको समेत उपस्थिति थियो ।










