काठमाडौंको इन्द्रचोकमा हतियार देखाई लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। लुटेराले काठमाडौं महानगरपालिका– २५ स्थित मांसान गल्लीमा रहेको होलसेल पसलमा पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद चार लाख, मोबाइल दुई थान र सिसिटिभी समेत लुटेका थिए ।
पक्राउ पर्नेहरूमा भक्तपुरको ठिमी नगरपालिका– ९ बस्ने ३० वर्षीय विकेश राजवहाक र काठमाडौंको डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल छन् ।
