आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

आन्तरिक राजस्व विभागको महानिर्देशक पदको जिम्मेवारी सोही कार्यालयका सहसचिव रमेश अर्याललाई दिइएको छ।

अर्थ मन्त्रालयले अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।

मदन दाहाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएपछि विभागको महानिर्देशक पद रिक्त थियो।

सुझावित समाचार