वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका– १ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका– १ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका– ५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।

प्रहरीका अनुसार शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट एक लाख ९५ हजार रुपैयाँ, विमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १३ लाख ६० हजार रुपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै एकजना पीडितबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बाट बिहीबार, विमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका– ५ बाट शनिबार पक्राउ गरेको हो ।

सुझावित समाचार