निजी क्षेत्रलाई हतोत्साही बनाउने सरकारको उद्देश्य छैन : रवि लामिछाने

उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई हतोत्साही बनाउने सरकारको उद्देश्य नभएको बताएका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै उनले सरकारले अहिले नीति सुधार गर्ने  काम गरिरहेको भन्दै  उद्योगी–व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरे। 

सरकारको सुशासन अभियानमा साथ दिन र सहकार्य गर्न उनले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेको भन्दै उनले सरकारले उद्याेगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने प्रतिबद्धता जाहेर गरे । 

सुझावित समाचार