एनआइसी एसिया बैंकले कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । बैंकले गोदावरी– ५ स्थित उक्त विद्यालयका विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित सो सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको बैंकले जनाएको छ ।
एक कार्यक्रमबिच बैंकका सर्कल हेड धनगढीका दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई सहयोग हस्तान्तरण गरे । यो सहयोगले विद्यार्थीको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।