१९औँ आइपिएलमा धेरै क्याच मिस

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण
  • चालू आइपिएलमा लोकेश राहुल, विराट कोहली, वैभव सूर्यवंशी, प्रभसिमरन तथा अभिषेक शर्माले जीवनदान पाएको खेलमा शतकीय इनिङ्स खेलेका थिए 

१९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा नयाँ तथ्यांक सार्वजनिक भएको छ । भारतीय मिडियाहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आइपिएलमा १०० मध्ये २० प्रतिशत क्याच प्रत्येक खेलमा मिस भइरहेका छन् । यसपटकको आइपिएलमा नौ खेलाडीले शतकीय इनिङ्स खेलेका छन् । जसमध्ये पाँच खेलाडी भाग्यमानी ठहरिएका छन् । उनीहरूले आफ्नो शतकीय इनिङ्स खेलेको स्पर्धामा एकपटक जीवनदान पाएका थिए । यसको अर्थ ती ब्याट्सम्यानका क्याच मिस भएका थिए । यसमा लोकेश राहुल, विराट कोहली, वैभव सूर्यवंशी, प्रभसिमरन तथा अभिषेक शर्मा रहे । जीवनदान पाएको खेलमा उनीहरूले शतकीय इनिङ्स खेलेका थिए ।

अहिलेसम्म आइपिएलमा ४४ खेल सकिएका छन् । ती प्रत्येक खेलमा एक क्याच मिस भइहेको भारतीय मिडियाको भनाइ छ । सन् २०१८ को तुलनामा योपटकको आइपिएलमा ८०.२५ प्रतिसत खेलाडीहरूले विपक्षी ब्याट्सम्यानका क्याच लिएका छन् । सन् २०१८ मा समग्र आइपिएलमा ७५.८९ प्रतिसत खेलाडीले क्याच लिएका थिए । उनीहरूले खेलमा २५ प्रतिशत क्याच लिन सकेनन् ।

अर्को रमाइलो पक्ष के छ भने एक ब्याट्सम्यानले जीवनदान पाएको खेलमा उसले थप ४० रन बनाएको देखिन्छन् । तर, उनी आबद्ध टोली ७८ प्रतिशत खेलमा पराजित भएको छ । चालू आइपिएलको सुरुवाती १८ मध्ये १४ इनिङ्समा क्याच नलिएको टोलीले जित हात पारेको थियो । यो पालि आइपिएलमा सहभागी खेलाडीहरूले फिल्डिङस्तरीय गर्न सकेका छैनन् । गत सिजनभन्दा यसपटक कमजोर फिल्डिङ भएको देखिन्छ । जीवन दान पाउँदा ती ब्याट्सम्यानले कम्तीमा १७ रन थप्ने गरेका छन् । दिल्ली क्यापिटल्सले पाँचमध्ये तीन खेलमा पराजित हुँदा फिल्डिङकै समस्या देखिएको थियो । जुन खेलमा दिल्लीका खेलाडीले क्याच मिस गरेका थिए । सो खेल दिल्लीले गुमाएको थियो । दिल्लीसँगको खेलमा जीवनदान पाएका सञ्जु सामसन (११५) र अभिषेक शर्मा (१३५) रन जोडेका थिए । जुन खेल दिल्लीले हारेको थियो । 

जीवनदानमा कोहलीको उत्कृष्ट प्रदर्शन
आइपिएलअन्तर्गत गुजरात टाइटन्स र रोयल्स च्यालेन्जर्स बेंग्लोरबिचको खेलमा यस्तै भयो । बेंग्लोरका विराट कोहली शून्य रनमा रहँदा गुजरातका वासिङटन सुन्दरले सहज क्याच मिस गरेका थिए । एक जीवनदानको मौका उठाउँदै कोहलीले ४४ बलमा ८१ रनको आक्रामक इनिङ्स खेले । यस खेलमा बेंग्लोरले एकपक्षीय जित निकाल्यो । खेलमा कोहली नै म्यान अफ दी म्याच भए । 

यसैगरी, पन्जाब किंग्सका शशांक सिंहले लोकेश राहुलको क्याच लिन सकेनन् । यस खेलमा राहुलले आइपिएलमा अहिलेसम्मकै उत्कृष्ट इनिङ्सका रूपमा १५२ रन बनाए । उनले यो केवल ६७ बलमा प्राप्त गरेका थिए । पन्जाब र दिल्लीबिचको खेलमा क्याचकै कारण खेलस्वरूप नै परिवर्तन भएको थियो । दिल्लीले पन्जाबलार्ई जितका लागि २६५ रनको विशाल लक्ष्य दिएको थियो । सो खेलमा पन्जाबका प्रभासिमरन सिंह र श्रयश ऐयरले समान एक क्याच मिसको फाइदा लिए । प्रभासिमरन ६ रन तथा श्रयश २८ रनमा खेलिरहँदा दिल्लीका खेलाडीले क्याच छुट्याएका थिए । खेलमा उनीहरूले आक्रामक रूपमा ब्याटिङ गर्दै आइपिएलको इतिहासमा २६५ रनको ठुलो योगफल पन्जाबले पछ्याएको थियो । 

एकै दिन १६ क्याच मिस
२५ अप्रिलको दिनलाई आइपिएलकै खराब रुपमा लिएको छ । यस दिनमा एक नभएर १६ क्याच मिस भएका थिए । समग्रमा ९८६ रन बनेको थियो । गत शनिबार दुई खेल हुँदा यस्तो खराब रेकर्ड बनेको थियो । आइपिएलको इतिहासमा एकै दिन धेरै क्याच मिस र सर्वाधिक रन यसै दिन बनेको थियो । पन्जाबले दिल्लीविरुद्ध २६५ रन जोडेको थियो । सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध २२९ रन पछ्याएको थियो । 

See More On

सुझावित समाचार