प्रदूषणबाट यसरी बचौँ दीर्घरोगी

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंलगायत धेरै सहरमा वातावरण प्रदूषण बढ्न थालेको छ । धुलोधुवाँ आदिका कारण हुने यस्तो प्रदूषणले छातीसम्बन्धी विभिन्न समस्या देखा पर्ने गरेका छन् । वायु प्रदूषणको दीर्घकालीन असरस्वरूप स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेका छन् । गाडीको चाप र यसबाट निस्कने फोहोरले सहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । त्यसैले यी समस्याबारे बुझ्न जरुरी छ ।

प्राथमिक समस्या
वायु प्रदूषणका कारण सुरुसुरुमा भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा पर्छन् । त्यस्तै, पछिल्लो समय श्वासप्रश्वास र दमका बिरामीको संख्यासमेत बढेको पाइन्छ । छाती कसिएजस्तो हुने, सास फेर्न गाह्रो हुने, चाँडै रुघाखोकी लाग्ने, र नाक बन्द हुनेजस्ता लक्षण देखा परेमा सतर्क रहनुपर्छ । प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिने गरेको छ ।  यसको असरले लामो समयसम्म खोकी लागिरहने र निको नहुने हुन्छ । त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुन्छ । यस्तो भएमा पछि गएर फोक्सोमा क्यान्सर हुने सम्भावनासमेत हुन्छ ।  प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुने हुन्छ । बारम्बार अस्पताल गइराख्नुपर्नेजस्ता जटिलता थपिन्छन् ।

प्रदूषण र चिसोको सम्मिश्रणले बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिने गरेको छ । खासगरी ६० वर्षभन्दा माथिका मानिसमा यस्तो समस्या देखिएको छ । लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छन् । साथै, प्रदूषणले मुटुलाई समेत असर गर्छ ।

रोकथाम
धुलोधुवाँबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्नुपर्छ । विभिन्न संक्रमणबाट बच्न धेरै भिडभाडमा हिँड्नुहुँदैन । त्यस्तै, खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । आफूवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । 
 

See More On

सुझावित समाचार