सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । बेगदेखि बास्कोट गाउँ जोड्ने चक्रपथ सडक खन्ने क्रममा भिरजरामा माथिबाट खसेको पहिरोमा पुरिएर एक्स्काभेटरचालक रघुगंगा गाउँपालिका– २ निवासी  करिब ५२ वर्षीय पदम कार्कीको मृत्यु भएको हो । 

दिउँसो ३ बजेर २० मिनेटको समयमा पहिरोमा पुरिएका चालक कार्कीलाई साँझ करिब साढे ६ बजे डोजरको सहायताले प्रहरी र स्थानीयवासीले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएका कार्कीको शवलाई बाहिर निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार, पहिरोमा खसेको चट्टानले पुरिएको अवस्थामा कार्कीको शव फेला परेको थियो । 
 

सुझावित समाचार