सामसङको ‘रेमिटमा बेनिफिट’ अभियान सुरू

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ अभियान सुरु गरेको छ । यसमार्फत कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा गरेको छ । यो अभियान वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूको परिवारलाई सम्मान गर्दै रेमिट्यान्सलाई जीवनस्तर सुधारको अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको बताइएको छ ।

सामसङले यस अभियानमार्फत रेमिट्यान्समा आधारित नेपाली परिवारलाई प्रिमियम प्रविधिको पहुँच अझ सहज बनाउन विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक पाइनेछ । त्यसैगरी, एनसेल रिचार्जमा अधिकतम १८० जिबी बोनस डेटा, २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुने बताइएको छ । यी सुविधाले परिवारको मासिक किस्ताभारलाई घटाउँदै सामसङका प्रिमियम र गुणस्तरीय उत्पादनको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

‘रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र होइन, यो विदेशमा काम गर्ने लाखौँ नेपालीको आशा र आकांक्षाको प्रतिबिम्ब हो,’ सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले भने, हामी उनीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि नवप्रवर्तनात्मक प्रविधिलाई अझ पहुँचयोग्य बनाउन चाहन्छौँ ।’ अफर विशेषगरी आइएम रेमिटमार्फत रेमिट्यान्स कारोबार गर्ने रेमिटर र उनीहरूका आश्रितमा लागू हुनेछ ।

सुझावित समाचार