रुपनी गाउँपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

सप्तरीको रुपनी गाउँपालिकाले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको छ। गाउँपालिकाले १७ वैशाखदेखि गाउँ कार्यपालिकाको कार्यालय, रुपनीमा उक्त कक्ष सञ्चालनमा ल्याएको हो।

प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारका अनुसार सहायता कक्षमार्फत सेवाग्राहीलाई आवश्यक परामर्श र सहजीकरण प्रदान गरिनेछ । यसका लागि कालीप्रसाद यादवलाई सम्पर्क व्यक्तिको रूपमा जिम्मेवारी दिइएको छ।

सहायता कक्षबाट सेवाग्राहीले निःशुल्क रूपमा निवेदन लेखन, प्रिन्ट, फोटोकपी, स्क्यानिङ, टाइपिङ तथा इमेल पठाउने सेवा लिन सक्नेछन्। साथै, इन्टरनेट सुविधासहित आवश्यक कागजी प्रक्रिया पूरा गर्न पनि सहयोग गरिने गाउँपालिकाले जनाएको छ।

सुझावित समाचार