शिभाली गुरुङ र स्वस्तिका विष्ट १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला एकलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । शिभालीले प्राज्ना मानन्धरलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम दुई स्थान पक्का गरेकी हुन् । दोस्रो सेमिफाइनलमा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई २–० को सोझो सेटमा हराइन् ।
पुरुष एकलमा प्रदीप
खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई २–१ ले हराए । दर्शिलले प्रणव मानन्धरलाई २–० सेटमा निराश पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई २–० ले पाखा लगाउँदै फाइनल स्थान पक्का गरे । सन्तोष खत्रीले दावा सोनाम शेर्पालाई २–० को सेटमा हराए । भेट्रान ७० वर्षमाथि पुरुष एकलको उपाधि धीरबहादुर गुरुङले जिते ।
उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारमाथि २–० को सेटमा हराए । भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा देव क्षेत्री, महेश श्रेष्ठ र रोहित सुनुवरा फाइनलमा पुगेका छन् । भेट्रान ५५ वर्षमाथि पुरुष एकलमा चन्द्र शाहीले उपाधिका लागि विमलकुमार गुरुङको सामना गर्नेछन् ।