- मूल्य समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोल २१७ र डिजेल तथा मट्टीतेल समान २२५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर सात रुपैयाँले बढाएर २६९ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँबाट बढेर दुई हजार १६० रुपैयाँ पुगेको छ
नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने हवाई इन्धन र ग्यासको मूल्य बढाएकाे छ ।
पेट्रोल दुई रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १२ रुपैयाँ प्रतिलिटरले घटाएको छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५० रुपैयाँका दरले बढाएको छ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल २१७ र डिजेल तथा मट्टीतेल समान २२५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर सात रुपैयाँले बढाएर २६९ रुपैयाँ कायम गरिएको छ । बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ४६ डलर बढाएर एक हजार ८३१ डलर कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँबाट बढेर दुई हजार १६० रुपैयाँ पुगेको छ ।