एक धनी व्यापारी निकै रिसाहा थिए । क्रोधका कारण उनी परिवार, मित्रगण र आफन्तजनमाझ पनि अलोकप्रिय थिए । बाहिरी दुनियाँले पनि उनलाई राम्रो नजरले हेर्दैनथे । उनीसितको बस–उठले उनको परिवारका सदस्य पनि बिस्तारै रिसाहा बन्दै गएका थिए । अहंकारको टकराहटले उनको घरको वातावरण नर्कतुल्य बनेको थियो ।
यो सब महसुस गरिरहेका व्यापारी दुःखी भएर एक दिन भगवान् बुद्धको शरणमा पुगे । आफ्नो अवस्थाबारे सबै यथार्थ बुद्धलाई सुनाइसकेपछि उनले क्षमायाचना गर्दै भने– भगवान्, मलाई यस नरकबाट मुक्ति दिनुहोस् । म पनि भिक्षु बन्न चाहन्छु, मलाई दीक्षा दिनुहोस् । व्यापारीको याचना सुनेपछि गम्भीर हुँदै बुद्धले भने– अहिले भिक्षु बन्ने तिम्रो समय आएको छैन । भिक्षु कहिल्यै पलायनवादी हुनु हुँदैन । तर, तिमी त परिवारभित्रको समस्याबाट भागेर भिक्षु बन्ने बाटो रोजिरहेका छौ । अब तिमी घर जाऊ र आफ्नो घर सम्हाल । तिमी अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौ, आफू पनि अरूप्रति त्यस्तै व्यवहार गर । यत्ति गर्न सक्यौ भने तिम्रो घर मन्दिर बन्छ ।
भगवान् बुद्धको उपदेश पाएपछि व्यापारी खुसी मनले घर फर्किए । घर फर्किएपछि उनले बुद्धको उपदेशलाई पूर्णतः अपनाए । उनले आफ्नो रिस नियन्त्रणमा राख्दै गए । परिणामतः उनका परिवारका सदस्यको पनि रिस कम हुँदै गयो । यसले उनको घरको वातावरण पनि स्वतः बदलियो । अब परिवारका सबैले आआफ्नो रिस, राग र अहंकार भुलेर आपसमा प्रेम गर्न थाले । छिटै घरको दूषित वातावरणमा नयाँ उल्लास छायो ।
प्रेरक प्रसंग : बुद्ध र रिसाहा व्यापारी
प्रेरक प्रसंग : जीवन बदल्ने तीन सूत्र
४ हप्ता अघि
प्रेरक प्रसंग : कसैसँग झगडा परे के गर्ने ?
४ हप्ता अघि
प्रेरक प्रसंग : साबुनको रित्तो प्याकेट
२ हप्ता अघि
प्रेरक प्रसंग : द्रोणाचार्य र एकलव्य
३ हप्ता अघि
प्रेरक प्रसंग : किन सानो सोच्ने ?
३ हप्ता अघि
सुझावित समाचार
प्रेरक प्रसंग : दाजुभाइ र सुनको मृग
सत्ययुग बिदा हुँदै थियो र कलियुग आउँदै थियो । सत्ययुगले भन्यो– कलियुग, तिमी मेरा यी मान्छेलाई दुःख नदिनू, उनीहरूलाई न…
प्रेरक प्रसंग : गधा, बाघ र सिंह
एकपटक जंगलमा बस्ने एउटा गधा र बाघबिच घाँसको रङका विषयमा बहस चल्यो । गधाले भन्यो घाँस निलो हुन्छ । बाघले भन्यो– होइन, ह…
प्रेरक प्रसंग : अन्नको प्रभाव
महाभारतको युद्ध चलिरहेको थियो । भीष्म अर्जुनको वाणबाट घाइते भएर सरशड्ढयामा सुतिरहेका थिए । हरेक दिन कौरव र पाण्डवका फरक&ndas…
प्रेरक प्रसंग : सन्त र सिकन्दर महान्
काठमाडाैं- सिकन्दर महान् भारतबाट फर्किने तयारीमा थिए । तर, फर्किनुअघि उनी एक ज्ञानी सन्तलाई आफूसाथ लान चाहन्थे । यताउता बुझ्दा …
प्रेरक प्रसंग : अहंकारको अन्त्य र स्वर्गयात्रा
एक प्रसिद्ध गुरुका निकै ज्ञानी शिष्य थिए । उनको नाम महेन्द्रनाथ थियो । एक साँझ महेन्द्रनाथ आफ्ना अन्य मित्रका साथ आश्रमकै बगैँचामा …
प्रेरक प्रसंग : सुकरात र युवक
एकपटक एक युवक महान् दार्शनिक सुकरातकहाँ गए । केहीबेरको प्रतीक्षापश्चात् उनले सुकरातसित भेट गरे । सुकरातले उनलाई आउनुको कारण स…