आर्थिक वर्ष ०८२/८३ को तेस्रो त्रैमासमा सात वाणिज्य बैंकहरूले सबैभन्दा धेरै नाफा कमाएका छन्। सबैभन्दा धेरै नाफा कमाएर पहिलो नम्बरमा नबिल बैंक परेको छ। जसको नाफा ६ अर्ब ७६ करोड रहेको छ। दोस्राेमा परेको ग्लोबल आइएमईको चार अर्ब ४० करोड नाफा छ।
त्यस्तै, कुमारी बैंकको चार अर्ब १७ करोड, एभरेस्टको तीन अर्ब ३२ करोड, नेपाल इन्भेस्टमेन्ट मेगाको तीन अर्ब १४ करोड, प्राइम बैंकको तीन अर्ब ८ करोड, नेपाल बैंकको दुई अर्ब सात करोड र राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ७६ करोड नाफा रहेको छ। यो साउनदेखि चैतसम्मको नाफा हो।