काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा यतिवेला ज्याकारान्डा फूल फुलेर वातावरण रंगीन बनेको छ। वैशाख महिनामा फुल्ने यो बैजनी रंगको आकर्षक फूलले सहरको सौन्दर्यमा थप निखार ल्याएको छ। फूल फुलेसँगै मानिसहरू फोटो तथा भिडियो खिच्न आकर्षित बनेका छन्। सुन्धारा, कमलपोखरी र महालक्ष्मीस्थानलगायतका स्थानमा ढकमक्क फुलेका ज्याकारान्डाले उपत्यकाको दृश्य झनै मनमोहक बनाएको छ
तस्बिरहरू













