क्यानडाको ओन्टारियोस्थित टोरन्टो सिटी काउन्सिलले एक ऐतिहासिक निर्णय गर्दै अप्रिल महिनालाई आधिकारिक रूपमा ‘नेपाली हेरिटेज मन्थ’ (नेपाली सम्पदा महिना) घोषणा गरेको छ।
काउन्सिलर निथन सानद्वारा प्रस्तुत प्रस्तावलाई काउन्सिलर एम्बर मोर्लेले समर्थन गरेका थिए। हलमा उपस्थित सबै काउन्सिलरहरूले यस प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेका हुन्।
यो घोषणालाई नेपाली समुदायको ठुलो विजयको रूपमा लिइएको छ। सिटी काउन्सिलका सबै काउन्सिलरहरूले एक मतले प्रस्तावलाई पारित गर्नुले नेपाली समुदायले क्यानडाको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा पुर्याएको योगदानलाई स्वीकार गरेको छ।
अब हरेक वर्षको अप्रिल महिना (नेपाली नयाँ वर्ष यही समयमा पर्छ) टोरन्टोमा नेपाली कला, संस्कृति र पहिचानको उत्सवको रूपमा मनाइनेछ।