३७ वटा अपराधमा पक्राउ परेर छुटेका सन्तोष रानाभाट फेरि समातिए

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

२०६१ सालदेखि काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा अपराधमा संलग्न रहँदै आएका एक व्यक्ति फेरि पनि समातिएका छन्। तनहुँको ऋषिंग गाउँपालिका घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

काठमाडौंको कालोपुलस्थित एक घरमा सोमबार लाखौँको चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए। उनको साथबाट प्रहरीले चोरीका गहना खुकुरी, फलामको रड पनि बरामद भएको छ। 

यसअघि उनी अभद्र व्यवहार मुद्दामा २२ पटक, चोरीमा १३ पटक, हातहतियार तथा खरखजना र लागुऔषध मुद्दामा १–१ पटक पक्राउ परेर छुटेका थिए। छुटे पनि पुनः अपराधमै उनी लाग्ने गरेको प्रहरीले जनाएको छ। 

यस्तो छ रानाभाटको आपराधिक पृष्ठभूमि
१) मिति २०६१।०२।२१ गते काठमाडाैं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
२) मिति २०६१।०९।०७ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
३) मिति २०६२।०५।०६ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
४) मिति २०६२।०६।१३ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
५) मिति २०६३।०२।०९ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
६) मिति २०६३।०३।२९ गते काठमाडाैं  प्रहरी परिसरमा चोरी  मुद्दा दर्ता
७) मिति २०६३।०४।१० गते काठमाडाैं  प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता
८) मिति २०६३।१०।०३ गते काठमाडाैं  प्रहरी परिसरमा चोरी मुद्दा दर्ता
९) मिति २०६३।११।१५ गते काठमाडाैं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१०) मिति २०६४।०१।२१ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
११) मिति २०६५।०६।०१ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१२) मिति २०६५।०९।०३ गते काठमाडाैं  प्रहरी परिसरमा चोरी मुद्दा दर्ता
१३) मिति २०६६।०५।०२ गते काठमाडाैं  प्रहरी परिसरमा चोरी मुद्दा दर्ता
१४) मिति २०६६।१२।०१ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१५) मिति २०६७।०५।२० गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१६) मिति २०६७।०७।२९ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१७) मिति २०६७।०९।२८ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
१८) मिति २०६८।०१।०२ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता
१९) मिति २०६८।०२।२४ गते काठमाडाैं  प्रहरी परिसरमा चोरी मुद्दा दर्ता
२०) मिति २०६८।०७।१६ गते प्रहरी बृत्त कालिमाटीमा  अभद्र मुद्दा दर्ता
२१) मिति २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता
२२) मिति २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता
२३) मिति २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) मिति २०६९।०९।०८ गते प्रहरी बृत्त कालिमाटीमा  अभद्र मुद्दा दर्ता
२५) मिति २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता
२६) मिति २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२७) मिति २०७१।०१।०२ गते प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता
२८) मिति २०७१।०४।२२ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
२९) मिति २०७१।१२।१२ गते काठमाडाैं  प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता
३०) मिति २०७२।०३।०७ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता
३१)मिति २०७२।०४।२६ गते प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता
३२) मिति २०७२।०६।११ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता
३३) मिति २०७३।०९।०६ गते प्रहरी बृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता
३४) मिति २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता
३५ मिति २०७९।०९।२१ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता
३६) मिति २०८०।०१।२४ गते प्रहरी बृत्त स्वयम्भूमा अभद्र मुद्दा दर्ता
३७) मिति २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता

सुझावित समाचार