भूकम्पको एक दशक बितिसक्दा पनि सिंहदरबारको ऐतिहासिक ग्यालरी बैठक अझै पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ। २०७२ वैशाख १२ को विनाशकारी धक्काले थला पारेको यो विरासत, १० वर्ष लामो समयसम्म पनि पुरानो अवस्थामा फर्कन सकेको छैन।
हाल पुनर्निर्माणका केही कार्यहरू अघि बढेका भए पनि कामको गतिलाई हेर्दा पूर्ण स्वरूप पाउन अझै ५–६ वर्ष लाग्ने देखिन्छ। पुनर्निर्माणका क्रममा भवनको जगमा देखिएका बंकरजस्ता संरचनाहरूले यसको ऐतिहासिक महत्व र निर्माण कौशललाई देखाउँछ।
वि.सं. १९६५ मा निर्माण भएको यही भवनमा २०१५ सालको निर्वाचनबाट जननिर्वाचित सरकार आएपछि २०१६ सालबाट यो भवनमा संसद् बैठक बस्न थालेको थियो। तत्कालीन समयमा श्री ३ चन्द्रशमशेरले बनाएको ग्यालरी भवन राणाहरूको सांस्कृतिक कार्यक्रम तथा नाचगान गर्ने थलो थियो।
पछि राष्ट्रिय पञ्चायत, ०४६ मा बहुदलीय व्यवस्था प्राप्तिपछिको प्रतिनिधिसभा र ०६३ को लोकतान्त्रिक व्यवस्था प्राप्तिपछिको पुनर्स्थापित प्रतिनिधिसभा पनि यसै भवनमा बसेको थियो। तर, संसदीय इतिहास बाेकेकाे याे भवन टेकोको भरमा अडिएकाे छ।
हेर्नुस् तस्बिरहरू :
2026-04-28-05-14-30.jpeg)
2026-04-28-05-14-23.jpeg)
2026-04-28-05-14-17.jpeg)
2026-04-28-05-14-11.jpeg)
2026-04-28-05-14-05.jpeg)
2026-04-28-05-13-58.jpeg)
2026-04-28-05-13-51.jpeg)
2026-04-28-05-13-44.jpeg)
2026-04-28-05-13-37.jpeg)
2026-04-28-05-13-29.jpeg)
2026-04-28-05-13-22.jpeg)