नवलपुरमा ट्रकको ठक्करबाट कारचालकको मृत्यु

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका– ७, मध्यविन्दु स्तम्भनजिक भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्कीबासबाट कावासोतीतर्फ आउँदै गरेको लु.१ख ९५८० नम्बरको चामल लोड भएको ट्रकले विपरीत दिसाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कारलाई ठक्कर दिँदा कारचालकको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते कारचालक कास्की जिल्लाको लेखनाथ नगरपालिका घर भई हाल पोखरा महानगरपालिका– २५ निवासी ३३ वर्षीय दीपु गुरुङको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरीले ट्रकचालक रुपन्देही जिल्लाको सेहरी गाउँपालिका– १ निवासी ४४ वर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तीव्र गतिका कारण सवारी दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

सुझावित समाचार