ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा लिच्छवीकालीन राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको पहल र जेभी फाउन्डेसन नेपालको सौजन्यमा प्राप्त गत शनिबार प्रतिमा अनावरण गरिएको हो। फाउन्डेसनका अध्यक्ष जगदीश वैद्यले यसअघि नै काठमाडौंमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई प्रतिमा हस्तान्तरण गरेका थिए।

अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो। साे अवसरमा प्रतिमा उपलब्ध गराउने जेभी फाउन्डेसनका पदाधिकारी, प्रतिमा ल्हासासम्म ल्याउन र महावाणिज्य दूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोषलगायत सबैलाई महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गरेका थिए।

निरौलाले प्रतिमा अनावरण गर्दै सातौँ शताब्दीमा तत्कालीन तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीको नेपाल–चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान रहेको बताए।

सुझावित समाचार