सुदूरपश्चिम चिनाउने अभियान लिएर धनगढी उपमहानगरको टोली अपीतर्फ

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

‘सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाको टोली दार्चुलास्थित दार्चुलाको अपी हिमालतर्फ प्रस्थान गरेको छ । नगर प्रमुख गोपाल हमाल नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मीलगायत ३० जनाको टोली सोमबार बिहान अपी प्रस्थान गरेको हो ।

टोली अपी हिमालको आधार शिविरसम्म पुग्नेछ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई चिनाउनका लागि उपमहानगरले यो अभियान सुरुवात गरेको हो । सुदूरपश्चिमका नौवटै जिल्लालाई चिनाउनका लागि अभियान सुरु गरिएको नगर प्रमुख हमालले बताए ।

उनले यसलाई नेपालकै अभियानका रूपमा सहयोग गर्न आग्रह गरेका छन् । हमालले विगतमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन गरेका थिए । सुन्दर सुदूरपश्चिम अभियानले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलगायत सम्भावनालाई उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।

सुन्दर सुदूरपश्चिम अभियानको निरन्तरतास्वरूप सुदूरपश्चिमका अपी, सैपाललगायत हिमाल तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि हामी चिनाउँछौँ सुदूरपश्चिम अभियान सुरु गरिएको हमालले बताएका छन् ।

सुझावित समाचार