दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनीको सहकार्यमा ‘हाइड्रोपावर कस्टमर मिट’ सम्पन्न गरेको छ । २४ अप्रिलमा उद्घाटन भएको कार्यक्रममा एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले नेपालका हाइड्रोपावर परियोजनामा दिगो सहकार्यको महत्वमाथि आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, एमभी दुगड समूहको व्यावसायिक पोर्टफोलियोसम्बन्धी प्रस्तुति कार्यकारी निर्देशक शुभम दुगडले दिएका थिए । कार्यक्रममा टाटा हिट्याचीको सिनराई पावर ब्याकहो लोडर, एक्स २१५ क्वार्री एक्स्काभेटर र जेडएक्स २२० एफ–एलसी अल्ट्रा एक्स्काभेटर मेसिन पनि प्रदर्शनमा राखिएको थियो । साथै, उक्त कार्यक्रममा विशेष वारेन्टी स्किम पनि उपलब्ध गराइएको थियो ।