प्रलोपाले तीन महिनाभित्र विशेष महाधिवेशन गर्ने

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले तीन महिनाभित्र विशेष महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार र शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै, बैठकले हालको पार्टी कमिटीलाई भंग गरी सचिवालय निर्माण गरेको पार्टीका नेता जगप्रसाद शर्माले बताए ।

सचिवालय बैठकले पार्टीको विशेष महाधिवेशनको काम गर्नेछ । साथै, अन्य पार्टीसँग एकताका लागि पनि पहल गर्ने निर्णय भएको छ । यसअघि प्रलोपाको सात सदस्यीय अध्यक्ष परिषद् थियो । केही अध्यक्ष परिषद्का सदस्यले राजीनामा दिएका थिए । राजीनामा दिएकालाई पनि पार्टीमा फर्किन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । 

See More On

सुझावित समाचार